यसकारण फुटबल खेल चलिरहेकै मैदानमा ल्याण्ड भएछ हेलिकोप्टर

स्याङ्जा । फुटबल सेमिफाइलको खेल चलिरहेको मैदानमा हेलिकोप्टर ल्याण्ड भएको छ। बिहीबार दिउँसो पोखराबाट साइटसिनका लागि भन्दै स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ नगरपालिकास्थित फुटबल चलिरहेको मैदानमा अवतरण भएको थियो । त्यसपछि हेलिकोप्टरका पाइलटमाथि कुटपिट भएको छ ।

दिउँसो २ बजेर ३५ मिनेटमा हेलिकप्टर अवतरण भएसँगै त्यहाँ उपस्थित केही व्यक्तिले किन खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गराएको भन्दै पाइलट रानेश डंगोलमाथि हातपात गरेको प्रहरीले जनाएको छ।

Advertisement

पाइलटमाथि हातपात भएपछि ५ मिनेटमै हेलिकप्टर त्यहाँबाट पोखरा फर्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनका अनुसार हेलिकप्टर वालिङकै विनोद गैरे, खिमबहादुर थापालगायतले चार्टर गरेर वालिङ लगेको प्रहरीले जनाएको छ । उनीहरुले नै त्यस केलकुद मैदानमा ल्याण्ड गर्न लगाएकाले हेलिकोप्टर ल्याण्ड भएको हो ।

वालिङ गोल्डकपको सेमिफाइलको खेल भइरहेको स्थानमा हेलिकप्टर अवतरण भएपछि होहल्ला समेत भएको थियो। स्थानीयका अनुसार त्यहाँ एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच सेमिफाइनल भइरहेको थियो।

More News last news
Loading...