मलंगवामा बसपार्क तयार, छिट्टै सञ्चालन गर्ने तयारी

सर्लाही l सर्लाही सदरमुकाम मलंगवामा सुविधासम्पन्न बसपार्क निर्माण भएको छ। मलंगवा–२ मा सुविधासम्पन्न बसपार्क निर्माण सकेर हस्तान्तरणसमेत भइसकेको छ।

बसपार्क बनिसकेपश्चात संघीय आयोजना कार्यान्वयन एकाई जनकपुरधामका प्रमुख प्रदीप खनालले मलंगवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गरेका छन्। बसपार्क कन्काई इन्टरनेशनल विल्डर्स सुरुंगा झापाले ८ करोड ३१ लाख रूपैयाँको लागतमा निर्माण गरेको हो।

Advertisement

मलंगवामा रहेको कबिर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको नगरप्रमुख नागेन्द्रप्रसाद यादवले जानकारी दिए। उनका अनुसार बसपार्क निर्माणले नगरको विकासमा समेत मद्दत पुग्ने र नगरलाई व्यवस्थित बनाउन टेवा पुगेको बताए।

नवनिर्मित बसपार्कमा अढाईतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, वर्कशप क्षेत्र, पार्किङलगायतका सुविधा रहेको निर्माण कम्पनीले जनाएको छ। बसपार्कमा तत्काल ५२ वटा ठूला र २० वटा साना सवारी पार्किङ गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।

उनले नगरपालिकाले कार्यविधि बनाएर चाँडै नै नवनिर्मित बसपार्क सञ्चालनमा ल्याउने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए। हाल सञ्चालनमा रहेकोे पुरानो बसपार्क अत्यन्तै साँघुरो र अव्यवस्थित छ।

More News last news
Loading...