डा. रुइतलाई राष्ट्रपति बनाउन हरिवंशको सुझाव

काठमाडौं । वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन सुझाव दिएका छन्। रुइतलाई राष्ट्रपति बनाईए देशको प्रतिष्ठा पनि बढ्नेथियो भन्ने आचार्यको टिप्पणी छ।

रुइतलाई भर्खरै बहराइन सरकारले करिब १३ करोड बराबरको इशा अवार्डबाट सम्मान गर्ने समाचार आएप्छि बधाई दिने क्रममा उनले यस्तो बताएका हुन्।

Advertisement

आचार्यले यस्तो लेखेका छन् : 

मनमा कुरा घुमी रहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र बिषेशज्ञ डा शन्नदुक रुइत लाई बनाउन पाए नेपालकोनै प्रतिष्ठा बढ्ला । जस्ले नेपालीकोमात्र नभई संसारकै ज्योति बिहिनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध साबित गर्नुभयो ।

त्यसको मुल्याङ्कन गरी उहाँलाई संसारले नै सम्मान गरीरहेको छ । यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको ,इसा अवार्ड, बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्सित भएको छ ।

More News last news
Loading...