काठमाडौं l सरकारी स्वामित्वको नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ। मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोन सेवा मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो।
नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको उपभोक्ताले गुनासो गरेका छन्। सेवासँगै टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ।
कम्पनीले सेवा अवरुद्ध भएकोबारे भर्खरै एक सूचना जारी गर्दै अहिले अवरुद्ध सबै मोबाइल सुचारु भएको जनाएको छ । टेलिकमले भनेको छ मध्यान्ह १२ बजेपछि केही समय प्राविधिक कारणले सेवा अवरुद्ध भएको जनाउँदै अहिले पनि केही मोबाइल नचलेको भएमा फ्लाइट मोड अनअफ गर्न अनुरोध गरेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
