स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की पक्का, अन्य मन्त्रीमा को को ?

काठमाडौं । रास्वपाकी सांसद तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन् । रास्वपाले विज्ञताका आधारमा मन्त्री बनाउने नीति अनुसार तोसिमालाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो ।

कार्की मेडिकल डाक्टर हुन् । उनी मेडिकल डाक्टरहरूको नियामक निकाय नेपाल मेडिकल काउन्सिलकी सदस्य पनि रहिसकेकी छिन् ।

Advertisement

यस्तै श्रममन्त्रीमा डोलप्रसाद अर्याल र शिक्षामन्त्रीमा शिशिर खनाललाई पठाइने निर्णय गरेको हो। समानुपातिक सांसद अर्याल रास्वपाका उपसभापति समेत हुन् भने खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्।

More News last news
Loading...