झन् झन् उकालो लाग्दै सुनको भाउ, आज बन्यो अर्को उच्च रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। आज आइतबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुन तोलाको एक लाख तीन हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

 

More News last news
Loading...