पोखरा । भर्खरै मात्र सुचारु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्कमा लुटतन्त्र मच्चिएको छ। भव्य रुपमा औपचारिक कार्यक्रम गरेर सुचारु भएको विमानस्थलको पाकिङ शुल्कका विषय भने भोलिपल्टबाटै विवादमा तानिएको हो।
मनोज निर्माण सेवाले सार्बजनिक गरेको पार्किङ शुल्क हेर्दा विमानस्थलमा पुग्ने जो कोहिलाई पनि पार्किङ शुल्कले आतंकित नै बनाउने गरेको छ। त्यसो त यसरी कायम गरिएको शुल्क नेपाल नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले समेत स्वीकृत दिएको छ।
उक्त स्वीकृत पार्किङ शुल्क तालिका अनुसार, मोटरसाईकल, स्कुटर, रिक्साका लागि प्रतिघण्टा ३०, दिनभर पार्किङ गरे १८०, कार, जिप र टेम्पकोका लागि प्रतिघण्टा ६० र दिनभर पार्किङ गरे ३६० तोकिएको छ। यस्तै हल्का सवारी साधनका लागि प्रतिघण्टा ८०, दिनभर ४ सय ८० र गह्रौ सवारी साधनका लागि प्रतिघण्टा १ सय २० र दिनभरको ७ सय २० तोकिएको छ।

अचम्म त के छ भने बिमानस्थल पार्किङ एरियामा पार्क गर्दा मात्र नभई पिकअप गर्न जाँदा समेत सेवाग्राहीले चर्को पार्किङ शुल्क तिर्नुपरेको छ। यस्तै, एकै दिनमा पटक–पटक एयरपोर्ट जाँदा समेत पटक–पटक शुल्क तिर्नुपर्ने बाध्यकारी नियम छ। विमानस्थलले पार्किङमा चर्को रकम असुली र गुडिरहेको सवारीबाट समेत पार्किङ उठाउने बिषयले सामाजिक सञ्जालमा व्यापक बिरोध समेत भईरहेको छ।
उक्त पार्किङ शुल्कबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भईरहेका बेला पोखरा महानगरका प्रमुख धनराज आचार्यले पनि यस विषयमा टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाट्स मार्फत बिमानस्थलमा राखिएको पार्किङ शुल्ककाबारे भईरहेको चासोका सन्दर्भमा ध्यानाकर्षण भएको र आपसी छलफलपछि उचित ब्यबस्थापन गरिने प्रतिक्रिया दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
