काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री अधिकारीको पक्षमा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले पक्षमा मत हालेका हुन् ।
नेपाली कांग्रेसका २७ सांसदले भने विपक्षमा मतदान गरेका छन् । अधिकारी पुष २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
