टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने अन्तिम चरणमा पुगेको छ । यो नयाँ मोडललाई माघ महिनाभित्रै नेपालमा सार्वजनिक गरिसक्ने आधिकारिक विक्रेता जगदम्बा मोटर्स स्रोतले नेपाल अटोलाई वताएको छ । यसको पहिलो लट भारतबाट आयत गरिनेछ भने त्यसपछि अवस्था हेरेर नेपालमै एसेम्वल गर्ने तयारी भइरहेको उक्त स्रोतको भनाई छ ।
टिभिएसको प्रिमियम सेग्मेन्टको यो नयाँ मोटरसाइकल स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको कम्पनीको भनाई छ । यो नयाँ वाइकको ५ भिन्न तथ्यहरु यस प्रकार रहेका छन् ।
इन्जिन : रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।
चेसिस तथा फ्रेम : यो नयाँ वाइकलाई टिभिएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।
फिचर्स : रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ ।
वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प जडान गरिएको छ । मूल्य र भेरियन्ट : कम्पनीले टीभीएस रोनिन ३ भेरिएन्टमा लन्च गरेको छ । सिंगल च्यानल एबिएसको मूल्य १ लाख ४९ हजार, डुअल च्यानलको १ लाख ५६ हजार र टीभीएस रोनिन ट्रिपल–टोन डुअल च्यानलको १ लाख ६८ हजार भारु राखिएको छ ।
यो वाइक नेपाल आउँदा ५ लाख ५० हजार हाराहारी मूल्य तय हुने आँकलन गर्न सकिन्छ । प्रतिस्पर्धा : यो नयाँ वाइकले यामाहा एफजेड–एक्स, रोयल इन्फिल्ड क्लासिक, होन्डा सिवी हाइनेस, पल्सर २५० ट्विन्स, डोमिनार २५० र याज्दी स्क्म्र्वलर लगायतसंग प्रतिस्र्धा गर्ने देखिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
