काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा सबै दलबाट विश्वासको मत पाउँदा गोरखाबासीलाई सम्झेको बताउनुभएको छ।
गोरखा महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आज सबै राजनीतिक दलहरुको सहमतिबाट आफूले प्रधानमन्त्रीमा विश्वासको मत पाएकाले यो अवसरलाई नगुमाउने बताउनुभयो।
उहाँले निर्वाचनका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध हुने बताउदै आफ्ना मतदातालाई धोका नदिने बताउनुभयो। पृथ्वी जयन्तीका अवसरमा उद्योग वाणिज्य संघले आयोजना गरेको गोरखा महोत्सव उद्घाटन गर्न प्रचण्ड आज गोरखा पुग्नुभएको हो।
उहाँले गोरखाबासीका समस्या समाधान गर्न आफू नेतृत्वको सरकारको साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। हिजो मात्रै संसदमा विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक गोरखा जानुभएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
