अब फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट पनि उडान भर्दै नेपाल एयरलाइन्स

काठमाडौँ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छl नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो ।

यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ। नगरपालिकाका अनुसार, माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको छ ।

Advertisement

यसअघि पनि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा विमानस्थलबाट तारा एयरले उडान भरेको थियो। सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो। यस विमानस्थलबाट प्रायः सबै उडानमा यात्रु आउने गरेका थिए। ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन।

भरसक सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने इलाम नगरपालिकाले जानकारी दिएको छ। यो विमानस्थलबाट इलाम मात्रै नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले समेत सेवा पाउने छन्।

More News last news
Loading...