१० बर्ष कोरिया बसेर फर्किएको २ महिना नबित्दै एक यूवकले गरे आत्महत्या !

कोरिया । रोजगारीका लागि दक्षिण कोरिया आएर १० वर्ष काम गरि गत नोभेम्बर १६ तारिख नेपाल फर्किएका गोकर्ण राउत पुस २२ गते मृत अवस्थामा फेला परेका छन् । राउत बाह्रबिसे स्थित सिम्लेमा रहेको आफ्नै घरमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् ।

उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाँकी रहंदै गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेको समयमा उनी आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

Advertisement

घरमा श्रीमान,श्रीमती रहेको बेला उनले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए सोही समयमा उनले डोरीको पासो बनाई झुन्डिएर आ’त्मह’त्या गरेको परिवार श्रोतले बताएको छ।

उनको श’व शुक्रबारनै प्रहरीले पोस्टमार्टम गरिसकेपछि बाह्रबिसेको शुनकोशी मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । मृतक राउतको श्रीमती, एक छोरा र एक छोरी गरि दुई सन्तान छन् । [सहकार्यः हेलो कोरिया नेपाल]

More News last news
Loading...