मीन विश्वकर्मा/कोरिया । दक्षिण कोरियाले २०२३ को मध्यावधीसम्म देशभरका १२४ स्थानीय तहमा २६ हजार ७८८ जना मौसमी कामदार भित्र्याउने भएको छ। यो संख्या अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यो संख्या २०२२ मा तोकिएको १२ हजार ३३० जना भन्दा २.२ गुणा बढी हो।
न्याय मन्त्रालय र कृषि खाद्य तथा ग्रामीण मन्त्रालय जस्ता सम्बन्धित मन्त्रालयको संयुक्त छलफलमा गत डिसेम्बर १३ तारिकको दिनमा सार्वजनिक गरेको निर्देशीकाले २०२३ को मध्यावधिसम्म झण्डै २७ हजार अर्थात् २६ हजार ७८८ जना मौसमी कामदार भित्राउने भनेर पुष्टि गरेको हो।
नोभेम्बर ३० सम्मको डाटालाई आधार मान्दा देशभरका ११४ स्थानिय निकायमा १९ हजार ७१८ जना मौसमी कामदार आवश्यकता रहेको पुष्टि भएको छ । त्यस्तै, अहिलेसम्म ९८ स्थानिय निकायमा ११ हजार ३४२ जना मौसमी कामदारहरु खटाईएको छ ।
२०२३ को लागि मौसमी कामदारको उमेर हदलाई परिवर्तन गरिएको छ । यस अगाडि ३० बर्षदेखी ५० बर्षकोले मात्रै आवेदन दिन पाउनेमा अबदेखी २५ बर्षदेखी ५० बर्ष सम्मकोले आवेदन दिन पाउनेछन । २०२२ मा ५ मुख्य स्थानमा ब्यबस्थापनको जिम्मे, दिईएकोमा यो बर्ष बढाएर ९ स्थानलाई जिम्मेवारी दिइनेछ भने एक कम्पनी अथवा फर्मले बढिमा ५ जनासम्म मैसमी कामदार राख्न मिल्नेछ ।
२०२३ देखि २०२५ सम्मको लागि नेपाल प्रतिबन्ध पर्न सक्ने
मौसमी कामदारको रुपमा प्रवेश गरेर नियमको उल्लंघन गरेका देशहरुलाई कडाई गर्ने गरि अध्यागमन विभागले नियम जारी गरेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेर अध्यागमनको नियम उल्लंघन गरि तोकिएको समयमा घरफिर्ती नभएका तथा अवैधानिक रुपमा बसोबास गर्ने संख्याको आधारमा उक्त देशबाट कामदार नल्याउने गरि अगाडि बढेको देखिन्छ ।
जसमा उक्त बर्षमा आएका कुनै स्थानीय निकायका २० % भन्दा बढी कामदारहरुले अबैध बस्ने अथवा अध्यागमनको नियम उल्लंघन गरेको खण्डमा उक्त स्थानिय निकायलाई १ बर्ष सम्म मौसमी कामदार पठाउन नमिल्ने गरि प्रतिबन्ध लाग्नेछ त्यस्तै उक्त देशका सम्पुर्ण मौसमी कामदारको ५०% भन्दा बढी कामदारले मौसमी कामदारको नियम तथा अध्यागमनले जारी गरेको नियम उल्लंघन गरेको खण्डमा मौसमी कामदार पठाउने देशलाई १ बर्षसम्म प्रतिबन्ध लाग्नेछ भने सम्पुर्ण कामदारको ७०% भन्दा बढी मौसमी कामदारले अध्यागमनको नियम उल्लंघन गरेका मौसमी कामदार पठाउने देशलाई ३ बर्षसम्म मौसमी कामदार पठाउन प्रतिबन्ध लाग्छ ।
तर पनि मौसमी कामदारमै आएर फर्किएका इमान्दार कामदारलाई र कोरियनसंग बिबाह गरेका आफन्त तथा परिवारको हकमा भने यो नियम लागू हुँदैन । एउटा संचार माध्यमलाई आधार मान्ने हो भने एकपटक नेपालबाट आएका ८०% मौसमी कामदारहरु अवैध रुपमा बसेको भन्ने आएको थियो ।
नेपालले मौसमी कामदारको रुपमा अन्य देश पठाउदा स्थानीय निकायले मात्रै पठाउने र पुर्ण शून्य लागतमा पठाउने गरि ब्यबस्था गरेको छ भने कोरियाले पनि सिधै स्थानीय निकायसँग मात्रै कामदार लिने गर्दछ। नेपालमा कुनै पनि एजेन्ट र म्यानपावरको भर नपरी आफू बसेको स्थानीय निकायमा कोरिया कामदार पठाउने सम्झौता भए नभएको स्पष्ट बुझेर मात्रै मौसमी कामदारका लागि तयारी गर्दा उचित हुनेछ । दक्षिण कोरियाको अध्यागमन बिभागले जारी गरेको निर्देशीका यस प्रकार रहेको छ ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
