काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। उनले आज ६० सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा १ जना सांसद्को समर्थन रहेको थियो।
झापा-५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्यसमेत हुन्। पार्टी अध्यक्ष केपी ओली निकट मानिने उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
