रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

गुल्मी । जिल्लाको रेसुङ्गा नगरपालिका-१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छl त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो।

कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ। एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थल २०७५ जेठ २५ गते भएको धुले परीक्षण उडान भएको थियो।

Advertisement

२०६३ साल देखि निर्माण कार्य सुरु भएको यस विमानस्थलको १६ वर्ष पछि निर्माण कार्य सम्पन्न भएको हो। डेमो उडान सम्पन्न भए लगत्तै नियमित उडानका लागि आफूहरूले प्रक्रिया अगाडी बढाउने रेसुङ्गा नगरपालिका प्रमुख खिल ध्वज पन्थीले बताए।

डेमो उडान हुने भएपछि यस जिल्लाका जनतामा निकै उत्साह बढेको छ। आज परीक्षण उडान हुने अवसरमा आज दिनभर रेसुङ्गा नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिए।

More News last news
Loading...