पोखरा विमानस्थलमा भन्सार सर्वेक्षण गर्न दिने मन्त्रीपरिषद्को निर्णय

पोखरा l हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा भन्सार कार्यालय राख्ने सम्बन्धमा सर्वेक्षण गर्न दिने मन्त्रीपरिषद्ले निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्को बिहीबारको बैठकले विमानस्थलमा भन्सार कार्यालय कास्कीलाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय गरेको हो ।

Advertisement

अन्तर्राष्ट्रिय सम्बन्ध, सामरिक तथा ऐतिहासिक महत्त्वको पोखरा विमानस्थल गत जनवरी १, २०२३ बाट ओैपचारपक रुपमा सञ्चालनमा आएको छ । सन् २०१६ बाट निर्माण सुरु भएको विमानस्थल ६ वर्षपछि अप्रेसनमा आएको हो । योसँगै सरकारले उक्त विमानस्थलमा भन्सार कार्यालय राख्ने गरी तयारी गरेको छ ।

More News last news
Loading...