काठमाडौँ । चांगन अटो नेपालले नयाँ वर्ष २०२३ लाई लक्षित गरी “Intrest Free, This 2023” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत चांगनको प्रिमियम सेडान एल्सभिन लिन ईक्छुक ग्राहकले २०२३ वर्ष भरि व्याज वापतको रकम भुक्तानी गर्नुनपर्ने कम्पनीले बताएको छ ।
आधिकारिक वितरक एमएडव्लु बृद्धि अटोकर्पका अनुसार चांगनको प्रिमियम पिकअप हन्टरमा ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरिने छ । साथै ग्राहकले नक्सालस्थित चांगनको सोरुममा गई गाडीको अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन् ।
यसका साथै कम्पनीको आधिकारिक वेभसाइट मार्फत बिस्तृत जानकारी लिई टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नेछन्। चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चाङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त सकिने कम्पनीले बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
