पृथ्वी जयन्तीमा यी पालिकामा सार्वजनिक बिदा !

पोखरा । स्याङ्जाको भीरकोट नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने भएको छ। पृथ्वीनारायण शाहको योगदानलाई सम्मान गर्दै नगरपालिकाले बिदा दिने मेयर गोविन्द कर्माचार्यले जानकारी दिए। विश्व हिन्दू युवा महासंघले सार्वजनिक बिदाको माग सहित ज्ञापनपत्र बुझाएको थियो।

अघिल्लो वर्ष पनि स्याङ्जाका सात पालिकाले सार्वजनिक बिदा दिएका थिए । गोरखा नगरपालिकाले पनि हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ।

Advertisement

गोरखाबाट पृथ्वी जयन्तीकै अवसरमा एकीकरण यात्रा सुरु भएको छ। बिहीबारदेखि रिपुमर्दन गणले एकीकरण यात्रा सुरु गरेको हो । उक्त टोली धादिङ, नुवाकोट हुँदै काठमाडौं पुग्नेछ।

पृथ्वीजयन्तीमा राप्रपाको जलपान समारोह

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलमान समारोह गर्न लागेको हो ।

२०६२/०६३को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो। तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका छन्।

राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा २७ पुसमा सार्वजनिक बिदाको माग गर्दै आएको छ। पृथ्जीजयन्तीको अवसरमा गरिने जलपान समारोहको निम्तोमा राप्रपा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राष्ट्रनिर्माता श्री ५ बडमहाराजाधिराज पृथ्वीनारायण शाहको ‘३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित जलपान समारोहमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु।’

More News last news
Loading...