गण्डकीमा सोमबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं l गण्डकी प्रदेशमा सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्।

कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकार गठनको आह्वान भइसकेको छ।

More News last news
Loading...