स्वतन्त्रबाट चुनाव जितेका दिपेन्द्र पुनः माओवादीमा फिर्ता

काठमाडौं l रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए।

हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन्।

Advertisement

उनले माओवादी केन्द्रका नेता रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सांसद वर्षमान पुनसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डबाट खादा लगाएर पुनः पार्टीमा सक्रिय हुने बताएका छन्।

More News last news
Loading...