काठमाण्डाै l केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ । डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो।
सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।
यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो । केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
