नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति

काठमाडौं l नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ। पुस १४ गते (बिहीबार) बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैंठकले मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेको हो।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्जर भइ बन्ने बैंकले भने, ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्नेगरी अन्तिम स्वीकृति पाएको छ।

Advertisement

मेगा बैंकको हाल कायम सेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता बराबर ९० कित्ता अथात् १००:९० को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएका हुन्।

More News last news
Loading...