माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा दोहोरिए हरिबहादुर चुमान

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको निर्वाचनमा निर्वाचित गरेको हो ।

चुमान यस अघि ०७४ मा पनि संसदीय दलको नेता थिए । यति वेला पृथ्वीसुब्बा नेतृत्वको सरकारमा चुमान आन्तरिक तथा कानुनमन्त्री भए ।मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १९२० बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको हो ।

Advertisement

दलको नेता बेनेसँगै एमाले(माओवादीको सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियो दाबेदार बनेका हुन् । यो सँगै सत्ता गठबन्धनबाट गण्डकीमा एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएको हो ।

More News last news
Loading...