काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गर्नुभएको छ । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गर्नुभएको हो ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थमन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तर आइतबार उद्घाटन हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कहिले हुने भन्ने टुंगो छैन ।
समारोहमा विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकी निकालिएको थियो । महानगरवासीलाई आइतबार बेलुका घर घरमा दीप प्रज्ज्वलन गर्न महानगरले आग्रह गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
