सीएफमोटोका पावरफुल इलेक्ट्रिक स्कुटर नेपालमा, सेब्रेट छ मूल्य

काठमाडौं l नेपाली बजारमा सीएफमोटो ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जिहो भित्रिने भएको छ । सीएफमोटो अन्तर्गत जिहो ब्रान्डका दुई मोडल एई८ र एई८ एस प्लस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछन् । नेपाली बजारमा पहिले देखि नै सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आइरहेको अन्ना ग्रुप र रिलायन्स ग्रुप मिलेर जिहोका इलेक्ट्रिक स्कुटर भित्र्याउन लागेका हुन् ।

करिव एक महिना भित्रै यसको औपचारिक बिक्री प्रारम्भ गरिने कम्पनी स्रोतको भनाइ छ । यी स्कुटर नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा पावरफुल स्कुटर समेत हुने कम्पनीको भनाइ छ । जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ। सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ।

Advertisement

यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १९० किलोमिटर सम्म रेन्ज दिनेछ । यो स्कुटरमा १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ एचपी पावर जेनेरेट गर्छ, जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा सम्म छ र ० देखि ५० किलोमिटर सम्मको गति २.६ सेकेन्डमै लिन सक्छ । स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुबिधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ । यी स्कुटरको मूल्य भने अहिले सार्वजनिक भएको छैन ।

More News last news
Loading...