काठमाडौँ । नोभेम्बर महिनामा चेरी ग्रुपको सेल्स भोल्युम १ लाख ५३१ युनिट पुगेको छ, जुन १ लाख युनिट भन्दा बढी लगातार छैटौ पटकको सेल्स भोल्युम हो । सन् २०२२ को ११ महिनामा चेरीले ११ लाख २७ हजार २८९ युनिट कार बिक्री गरेको छ, जुन गत वर्षको भन्दा ३२.६ प्रतिशत बढी हो।
इतिहासमै सबैभन्दा बढी कार बिक्री गर्न सफल कम्पनीले ७०.९ प्रतिशतले निर्यात समेत बढाएको छ । चाइनिज ब्रान्डको प्यासेन्जर भेइकल निर्यातमा कम्पनीले नयाँ रेकर्ड कायम गरेको हो । चाइनिज ब्रान्ड प्यासेन्जर भेइकल निर्यातमा लगातार १९ वर्ष सम्म टप पोजिसनमा रहेको चेरीले यो वर्ष आफ्नै रेकर्ड तोडेको हो ।
सिंगल मन्थको रेकर्डका साथै चार महिना सम्म ५० हजार युनिट भन्दा बढी निर्यात समेत गर्न कम्पनी सफल भएको छ । चेरीÞद्वारा उत्पादन गरिएका सवारी साधनको विश्वसनियताका कारण यो सम्भव भएको कम्पनीको भनाइ छ । सात सिटर चेरी टिग्गो ८ प्रो यो वर्ष ब्राजिलमा मात्र १ लाख ७१ हजार युनिट भन्दा बढी बिक्री भएको छ ।
त्यसैगरी कतार र मध्य पूर्वी देशहरुमा १ लाख ४६ हजार युनिट भन्दा बढी बिक्री भएर चेरी टिग्गो ७ प्रो यो सेगमेन्टको सबैभन्दा बढी बिक्री हुने कार बनेको छ । नेपाली बजारमा पनि चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रो उपलब्ध छन् ।
चेरी टिग्गो ४ प्रो एमटीको मूल्य ४६ लाख २० हजार, सीभीटीको मूल्य ५३ लाख ९९ हजार र सीभीटी टर्बोको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ छ । त्यसैगरी चेरी टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार र टिग्गो ८ प्रोको ९९ लाख ५० हजार रुपैयाँ छ । नेपाली बजारमा एसपीजी अटोमोबाइल्सले चेरीका गाडी बिक्री–वितरण गरिरहेको नेपाल अटोले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
