पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन विश्व हिन्दू युवा संघ स्याङ्जाको माग

स्याङ्जा l विश्व हिन्दू युवा संघ स्याङ्जाद्वारा पृथ्वी जयन्तीको अबसरमा सार्बजनिक बिदा एबम विभिन्न कार्यक्रमको माग गर्दै आज वालिङ नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। संघले अगिल्लो बर्ष पनि स्याङ्जामा सार्वजनिक बिदाको माग गरेको थियो र स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख कृष्ण खाडले पृथ्वी नारायण शाहले गरेको योगदान हामीले भुल्न नहुने कुरा बताउनु भएको थियो। उहाले नेपाली जनतालाई एकताबद्द गराउने काम गर्नु भएको थियो। उपप्रमुख कबिता तिवारिले पनि पृथ्वीनारायण शाहले गर्दा नै हाम्रो राष्ट्रियता बलियो गराउने काम गर्नु भएको र नेपाली जनातालाई एउटै मालामा गास्ने काम गर्नुभएको हुँदा उहाँलाई हामिले भुल्न नहुने कुरा बताउनु भएको थियो।

Advertisement

विश्व हिन्दू युवा संघको माग प्रती आफुहरु सकारात्मक रहेको कुरा ब्यक्त गर्नु भएको थियो। ज्ञापनपत्र बुझाउदै बिश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नबराज पौडेलले हामिले नेपाल राष्ट्र निर्माण गर्ने ब्यक्तिलाई बिर्सन नहुने र पछिल्लो समय पृथ्वीनारायण शाहलाई बिर्सने काम भएको र यो कुराले गर्दा नै हाम्रो राष्ट्रियता कमजोर भएको कुरा बताउनु भएको थियो।

ज्ञापनपत्र बुझाउन विश्व हिन्दू युवा संघका केन्द्रिय सदस्य ड्ण्ड पानी पङेनी, जिल्ला सह प्रबक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, समाजसेबी कमल कुवर, गोबिन्द पङेनी ले बुझाउनु भएको थियो।बिश्व हिन्दु युवा संघ स्याङ्जाले आज गल्याङ नगरपालिका लगायतका विभिन्न पालिकामा विभिन्न माध्यम मार्फत ज्ञापनपत्र बुझाएको छ।

More News last news
Loading...