काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।
बुधबार प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको छ। चाँदी प्रति तोला २० रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
