दक्षिण कोरियाको हवाईक्षेत्रमा उत्तरका ड्रोनहरू, हेरेको हेर्‍यै भयो सेना

काठमाडाैं | उत्तर कोरियाका ड्रोनहरू सोमवार दक्षिण कोरियाको हवाईक्षेत्रमा प्रवेश गरेपछि दुई छिमेकीबीचको तनाव चर्किएको छ । सन् २०१७ पछि उत्तरले पहिलोपटक यसरी दक्षिणको हवाईक्षेत्रमा ड्रोन उडाउँदा शुरूमा त त्यहाँको सेनाले पत्तै पाएन । त्यसको व्यापक आलोचना भएपछि राष्ट्रपति यून सुक–योलले विशेष ड्रोन इकाइ बनाउनका लागि द्रुत गतिमा योजना बनाउने निर्णय मन्त्रिपरिषद्ले लिएको जानकारी दिएका छन् ।

उत्तरका पाँचवटा ड्रोन दक्षिणमा पसेपछि दक्षिणले तिनीहरूलाई खसाउन लडाकू विमान र अट्याक हेलिकप्टर उपयोग गरेको थियो । ड्रोनहरू स्थानीय समयअनुसार बिहान १०ः२५ मा पहिलोपटक देखिएका थिए ।

Advertisement

पहिलोपटक उत्तरपश्चिमी शहर गिम्पोमा देखिएका ड्रोनहरू राजधानी सौल लगायत अनेकौं शहरमा उडेका थिए । थाहा पाएपछि दक्षिणको सेनाले चेतावनीका लागि गोली चलाएको थियो । मशिनगन जडिएको हेलिकप्टरले १०० राउन्ड गोली चलाएको भए पनि कुनै पनि ड्रोन झार्न सकेन ।

More News last news
Loading...