काठमाडौं । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई दिउँसो साढे १२ बजे प्रदेश सभाध्यक्षका रूपमा शपथ गराउनेछन् ।
त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
