केन्द्रसँगै गण्डकीमा फेरियो सत्ता समिकरण, मूख्यमन्त्रीमा खगराज अधिकारी पक्का !

अस्मिता पौडेल/पोखरा । संघीय सरकार गठनमा नयाँ समिकरण बनेसँगै ७ वटा प्रदेशमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने भएको छ। संघीय सरकारको नेतृत्व दाबी गर्दै आएको संसदकै ठुलो दल नेपाली कांग्रेसले केन्द्रसँगै पक्का मानिएको गण्डकी प्रदेशको नेतृत्व पनि गुमाएको छ।

६० सिट भएको गण्डकी प्रदेश सभामा २७ सिटसहित पहिलो दल बनेको कांग्रेसले केन्द्रको नयाँ समिकरणसँगै प्रदेशमा पनि हात धुनुपरेको हो ।  प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ९ सिट पाएको छ ।

Advertisement

गण्डकीमा नयाँ गठबन्धनको ठुलो दल नेकपा (एमाले) को २२ सिट छ । जसमा माओवादीको ८ र राप्रपाको २ सिट गरी सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका राजीव गुरुङ भने हाल एकीकृत समाजवादीमा छन् ।

आज मात्रै एमाले गण्डकी प्रदेशले संसदीय दलको नेता पनि चयन गरेको छ । नेकपा एमालेले पार्टीका संगठन विभाग प्रमूख खगराज अधिकारीलाई संसदीय दलको नेता चयन गरेको हो । कास्की १ (क) बाट विजयी अधिकारी नयाँ राजनीतिक ध्रुविकरणसँगै गण्डकीको तेस्रो मूख्यमन्त्री बन्ने पक्का भएको छ ।

एमालेको केन्द्रीय राजनीतिमा भिजेका पूर्व स्वास्थ्य, गृह मन्त्री समेत रहेका अधिकारीलाई पार्टीले भावी मूख्यमन्त्रीकै रुपमा प्रदेश सभा सदस्यमा उमेद्वार बनाएको थियो ।

यसअघि, गण्डकी प्रदेशको पहिलो मूख्यमन्त्री एमालेका सचिब पृथ्वी सुब्बा गुरुङ हुन् भने हाल माओवादी र नेकपा (एकिकृत समाजवादी) सहितका दलको सहयोगमा दोस्रो मूख्यमन्त्री बनेका कांग्रेसका कृष्ण चन्द नेपाली छन् ।

More News last news
Loading...