काठमाडौँ । आज साताको छैटौँ दिन अर्थात (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।
बिहीबार प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला १५ रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
