काठमाडौँ । नेपाली बजारमा अर्को चीनीयाँ ब्रान्डको एड्भेन्चर मोटरसाइकल भित्रिएको छ। चीनको प्रख्यात टु ह्विलर कम्पनी टोयो मोटरसाइकल टेक्नोलोजी कम्पनीले उत्पादन गरेको जोन्टेस व्रान्डलाई आइरन मंक प्रालिले नेपाल भित्राएको हो । बजारमा हाल यसको १५५ सिसी क्षमताको एड्भेन्चर टुरिङ मोटरसाइकल जेडटी १५५–यू१ मोडल उपलब्ध रहेको छ।
यूरो ५ मापदण्डको यो मोटरसाइकलमा १५५ सिसी फ्यूल इन्जेक्स, लिक्विडक कुल्ड, फोर भल्भ इन्जिन जडान गरिएको छ। जसको अधिकतम पावर १९.३ पिएस र टर्क १६ एनएम रहेको छ । मोटरसाइकलमा ९ भन्दा बढी सेग्मेन्ट फ्रस्ट फिचर दिइएको छ। यो मोटरसाइकल पूर्णत किलेस रहेको छ ।
यो मोटरसाइकलको ग्राउन्ड क्लिरियन्स २१५ एमएम रहेको छ भने दुवै चक्कामा ३०० एमएमको डिस्क व्रेक र डुअल च्यानल एविएस दिइएको छ । यसमा डुअल यूएसवी चार्जिङ पोर्ट, एलसिडी इन्स्ट्रयूमेन्ट क्लस्टर र पूर्णत एलइडी लाइट उपलब्ध छ।
डायमन्ड कट एलोई ह्विल र स्पोक ह्विल भर्सनमा उपलब्ध यसको मूल्य क्रमश ५ लाख ३९ हजार ९०० र ५ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । आइरन मंकले त्रिपुरेश्वरमा पहिलो आउटलेट संचालन गरी यसको बिक्री थालेको हो । यो मोटरसाइकल खरिद गर्दा ग्राहकले लाइफ टाईम फ्रि सर्भिसको सुविधा पाउने कम्पनीको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
