७० करोड रुपैयाँमा धुलिखेल माउन्टेन रिसोर्ट बेच्दै भवन भट्ट

काठमाडौं। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी भवन भट्टले ‘धुलिखेल माउन्टेन रिसोर्ट’ बिक्री गर्ने भएका छन्। २०७१ सालमा ४० करोड रुपैयाँमा धुलिखेल माउन्टेन रिसोर्ट खरिद गरेका भट्टले अहिले ७० करोड रुपैयाँमा बिक्री गर्न लागेका हुन्।

पछिल्लो समय ‘आर्थिक संकट’ मा पर्दै गएका भट्टले काभ्रे धुलिखेल खावास्थित उक्त रिसोर्ट बिक्री गर्न लागेका हुन्। आठ वर्षअघि खरिद गरेको रिसोर्टमा सोचअनुसार व्यवस्थापन नभएको र निरन्तर घाटामा गएपछि भट्टले बिक्रीका लागि खुला गरेका हुन्।

Advertisement

अटो, उद्योग र होटल तथा रिसोर्टलगायत क्षेत्रमा लगानी विस्तार गर्दै आएका तीन व्यावसायिक समूहले भट्टको रिसोर्ट खरिदका लागि ‘डिल’ गरिरहेका छन्। तत्काल बैंकहरूले लगानी विस्तार नगरेका कारण खरिदमा समस्या भइरहेको छ।

More News last news
Loading...