आईएमई दशैँ अफर विजेताले जिते १० लाख, चेक हस्तान्तरण

काठमाण्डाै l आईएमईले दशैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज मङ्गलवार चेक हस्तान्तरण गरेको छ ।

‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा बेलिमाया तामाङलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

मलेसियाबाट आईएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गर्नुभएको थियो ।

आज काठमाण्डाैकाे पानीपोखरीमा रहेकाे आईएमईको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबिच आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङलाई चेक हस्तान्तरण गर्नुभएको हो।

More News last news
Loading...