काठमाडौं l नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५०आर ईएफआई बाइकलाई थप फिचरका साथ उपलब्ध गराउने भएको छ। पहिले देखि नै नेपाली बजारमा राम्रो प्रतिक्रिया पाएको यो बाइकमा अब जीपीएस र एन्टी थेफ्ट फिचर आदि थप हुनेछ भने सस्पेन्सन समेत अझै राम्रो भएर आउने छ।
यसको आवाज पनि पहिले भन्दा स्मुथ छ। यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ।
३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ।
ईएफआई प्रविधियुक्त भएकाले यो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता छन्। यो बाइकको मूल्य भने पुरानै अर्थात ८ लाख ९५ हजार रुपैयाँ नै तोकिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
