आज घट्यो सुन चाँदीकै मूल्य, तोलाको कति ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। मंगलबार छापावाला सुनको भाउ प्रति तोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...