नयाँ पुस्ताकर्मी मरासिनी ‘सार्क युथ लिडर अवार्ड–२०२२’ बाट सम्मानित

काठमाडौं । नयाँ पुस्ताका संस्थापक तथा सहसम्पादक गोविन्द मरासिनी ‘सार्क युथ लिडर अवार्ड–२०२२’ बाट सम्मानित भएका छन्। मरासिनीलाई पत्रकारिताका माध्यमबाट नयाँ पुस्ताका लागि प्रेरणादायी रूपमा सेवा गर्नको लागि गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।

ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेश्रो सार्क क्षेत्रीय सम्मेलनमा मरासिनीलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल लगायतले अवार्ड प्रदान गरका थिए।

Advertisement

विभिन्न सञ्चारमाध्यममा पत्रकारिताको अनुभव वटुलेका मरासिनीले विशेषगरी युवा, पर्यटन र सामाजिक क्षेत्रका विभिन्न बिषयमा कलम चलाउँदै आएका छन् । नयाँ पुस्ता डटकममा संचालक/सह–सम्पादकको रुपमा कार्यरत मरासिनी हाल अनलाइन पत्रकार संघको सचिव समेत हुन्।

कार्यक्रममा उनी सहित सार्कका विभिन्न देशबाट युवाका बिषयमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरिएको थियो। काठमाडौंमा जारी सार्क क्षेत्रीय सम्मेलनमा सार्क राष्ट्रका प्रतिनिधिहरु सहभागी रहेका छन्।

More News last news
Loading...