स्याङ्जाका विभिन्न विद्यालयबाट सामान चोरी गरेको आरोपमा ७ जना पक्राउ

स्याङ्जा । फेदिखोला गाउँपालिकाको विभिन्न विद्यालयबाट सामान चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा फेदिखोला–४ का २१ वर्षीय सुमन सुनार, २६ वर्षीय प्रेम विक, पुतलीबजार नगरपालिका–४ का १९ वर्षीय समिर सुनार, लमजुङ सुन्दरबजार नगरपालिका-११ का २९ वर्षीय राजु मजाकोटी, २७ वर्षीय अमृत दरा, पोखरा महानगरपालिका–२८ का २९ वर्षीय प्रविन नेपाली र पोखरा महानगरपालिका–२१ का दिपेन्द्र पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द खनालले जानकारी दिनुभयो ।

Advertisement

उनीहरुलाई चोरी, डकैतीको मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

More News last news
Loading...