निरन्तर घट्दै सुनको भाउ, कति घट्यो आज ? ✍️ नयाँपुस्ता डटकम २९ मंसिर २०७९, बिहीबार ११:३८ काठमाण्डाै l सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । Advertisement यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।