विश्वकपमा क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौँ l अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो। पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे।

Advertisement

लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे । दोस्रो हाफको ६९औँ मिनेटमा अल्भारेज गोल थप्न सफल भए।

त्यसपछि, अर्जेन्टिनाले ३-० को अग्रता लियो। यो जितसँगै फाइनलमा पुगेको अर्जेन्टिनाले अब आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ। दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र मोरक्को खेल्दैछन्।

More News last news
Loading...