कोमाकी ब्राण्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल किन्दा २५ हजारसम्म नगद छुट पाइने

कोमाकी इभीले नगद छुट र अन्य सुविधा राखेर विन्टर अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले कोमाकीका इलेक्ट्रिक स्कटर एवं मोटरसाइकल खरिद गर्दा ८ हजारदेखी २५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

यसका अतिरिक्त ग्राहकले आफूसंग भएको पुरानो वाइक एवं स्कुटरसंग एक्सचेन्ज गर्दा कम्पनीले २० हजार रुपैयाँको अतिरिक्त मूल्यांकन र ३० हजार रुपैयाँको न्यूनतम मूल्यांकन समेत पाउनेछन् । साथै एउटा हेल्मेट, वाइक कभर, मग, पेन र किरिङ समेत निशुल्क पाउने कम्पनीले बताएको छ ।

Advertisement

कोमाीकको नेपालका लागी आधिकाकिर वितरक युनिटी ट्रेडिङका अनुसार यो अफर पुष ६ गतेसम्मका लागी लागु हुनेछ । कम्पनीले हाल ६ मोडलका स्कुटर र एउटा मोटरसाइकल बिक्री गर्दै आइरहेकोमा सवैभन्दा बढी नगद छुट रेन्जर इलेक्ट्रिक मोटरसाइकलमा २५ हजार रुपैयाँ दिएको हो ।

स्कुटरमा भेनिस इकोमा २४ हजार, एलवाईमा ८ हजार, एसई प्रो, डिटी ३००, भेनिसमा र एसई स्पोर्टमा १० हजार रुपैयाका दरले नगद छुट दिने कम्पनीको भनाई छ । यो अफर कोमाकीको भक्तपुरस्थित शोरुमबाट उपलब्ध हुने वताइएको छ ।

 

More News last news
Loading...