आज सुनको भाउ १ लाख नाघ्यो! चाँदी पनि बढ्यो

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला  ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो।

More News last news
Loading...