साथीमार्टको आउटलेट दुम्किबासमा सञ्चालनमा आउँदै

काठमाडौँ । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको आउटलेट नवलपरासीको दुम्किबासमा शुक्रबारदेखि सञ्चालनमा आउँदै छ । विदेशबाट फर्किएका दम्पती सुनिता गहतराज विश्वकर्मा र शम्भु विश्वकर्माले रिटेल व्यवसायमा इच्छा भएर आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् ।

पाँच सय स्क्वायर फिटमा फैलिएको यो आउटलेटको उद्घाटन दुम्किबास नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष दीपकप्रसाद पौडेलले गर्ने छन् । आउटलेट दुम्किबासको वडा नम्बर १ हस्पिटल लाइनमा खुल्न लागेको हो ।

Advertisement

नवलपरासीमा स्मार्ट शपिङको अनुभव दिने उद्देश्यले साथीमार्टसँग जोडिएको विश्वकर्मा दम्पतीले बताएका छन् । स्थानीय तहमा एउटा नाम चलेको ब्रान्डसँग जोडिँदा व्यवसाय राम्रोसँग सञ्चालन गर्न सकिने विश्वास रहेको उनीहरुले बताएका छन् । साथीमार्टले नेशनल लेभलमा गरिरहेको आक्रमक पहलबाट प्रभावित भई यसैसँग हातेमालो गरी अगाडि बढ्न चाहेको सुनिता र शम्भुले जानकारी दिएका छन् ।

यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

टिमको निरन्तर सहयोग र बिना झन्झट व्यवसाय गर्न सकिने भएका कारण पनि साथीमार्ट प्रति लगानीकर्ताहरूको आकर्षण बढेको साथीमार्टले जनाएको छ ।

More News last news
Loading...