भ्रष्टाचारको आरोपमा अर्जेन्टिनाका बहालवाला उपराष्ट्रपतिलाई ६ वर्ष जेल सजाय

काठमाडौं । अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारकाे आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ। उपराष्ट्रपति कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो।

उहाँलाई कुनै पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ। माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानुपर्ने अवस्था भने नरहने जनाइएको छ।

Advertisement

तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ । अर्जेन्टिनाको इतिहासमा बहालवाला उपराष्ट्रपति माथि न्यायिक अंगबाट यो प्रकारको अभियोग पुष्टि भएको पहिलो पटक हो।

सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिश्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्नो ब्यापारी साथीलाई जिम्मा दिएर घुस लिएको ठहर अदालतले गरेको छ। घुस दिने ब्यपारी लाजारो बाएजलाई भने यस अघि नै ६ वर्षको जेल सजाय सुनाएर पनि कारागारमा राखिएकाे छ।

११ जना विरुद्ध मुद्दा चलिरहेको र ती मध्ये ७ जना दोषी ठहर भइसकेका छन् । अहिलेसम्मकै सबै भन्दा ठूलो भ्रष्टाचार भनिएको यो सार्वजनिक निर्माणको काम दर्जनौं ठेक्कासँग जोडिएको र ति काम अहिले पनि लथालिैग अवस्थाा रहेको जनाइएको छ ।

More News last news
Loading...