बुध ग्रहको प्रवेशले अबको ३ महिना चम्किंने वाला छ यी राशिको भाग्य !

धार्मिक मान्यता अनुसार ग्रहको राजकुमारका नामले चिनिने बुध ग्रह शुक्ल पक्ष दशमी ३ डिसेम्बर शनिबार राति ९ः१० देखि मंगल ग्रह वृश्चिकबाट देव गुरु बृहस्पतिको राशिमा प्रवेश गरेको छ ।

बुध ग्रह सन् २०२३ फेब्रुअरी ६, सोमबार राति ७ः१५ बजेसम्म रहनेछ । बुध मिथुन र कन्या राशिको स्वामी ग्रह हो। जहाँ कन्या राशिमा बुध उच्च हुन्छ, मीन राशिमा नीच हुन्छ। यसका प्रभावले वृष, मिथुन र मीन राशिका लागि अति शुभ छ ।

Advertisement

कुन-कुन राशिलाई शुभ छ ?

वृष राशि : वृष राशिका व्यक्तिहरुलाई बुधको धनु राशिमा प्रवेशले लाभ मिल्नेछ। वृष राशिका व्यक्तिहरुको करियरमा प्रगति हुनेछ। यसका साथै यस राशिका मानिसहरुका लागि आर्थिक लाभको प्रबल सम्भावना रहेको छ। सन्ततिहरुदेखि निराश हुनुहुन्छ भने कुनै शुभ समाचार प्राप्त हुन् सक्छ।

मिथुन राशि : धनु राशिमा बुधको गोचरका कारण मिथुन राशिका व्यक्तिहरुलाई लाभ मिल्नेछ। ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका व्यक्तिहरुलाई यस अवधिमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आउने नकारात्मकता हटेर प्रेम सम्बन्ध बलियो हुनेछ। यदि विवाहको लागि वर या कन्याको खोजीमा हुनुहुन्छ भने त्यो छिट्टै पूरा हुनेछ। राम्रो कुल खानदानको घरबाट विवाहको प्रस्ताव प्राप्त हुनेछ।

मीन राशि : धनु राशिमा बुधको प्रवेश मीन राशिका लागि लाभदायक साबित हुनेछ। मीन राशिका व्यक्तिहरूले संयोगवश विदेश यात्रा गर्नु पर्ने देखिन्छ। व्यापारी वर्गलाई लाभ प्राप्त हुनेछ। रोजगारीका क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ।

More News last news
Loading...