लायन्स क्लब तनहुँ खैरेनीटारले दियो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामाग्री

तनहुँ । लायन्स क्लब अफ तनहुँ खैरेनीटारकोे आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ अलैचेस्थित सरस्वती प्रा वि मा न्यानो कपडा, स्टेसनरी सामाग्री र खाजा वितरण गरिएको छ ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ एल नेपालका village adaptation Team का Team leader लायन चुडामणी दाहालको प्रमुख अतिथ्यतामा न्यानो कपडा एवम् स्टेसनरी सामाग्री तथा खाजा वितरण गरिएको हो।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि दाहालसहितको टोलीले विद्यालयका प्रधानाध्यापक मुक्ति नाथ सिग्देललाई उक्त सामाग्री हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सिग्देलले क्लबको यो कार्य प्रशंसनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे।

क्लबका अध्यक्ष नारायण प्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लियो क्लब दुलेगौंडा खैरेनीटार मन्त्र का अध्यक्ष प्रज्वल गुरूङ, लायन्स क्लब सेतिरिभर स्टारका उपाध्यक्ष मदन सिग्देल, लायन्स क्लब तनहुँ खैरेनीटारका कोषाध्यक्ष शेषकान्त पौडेल, लायन्स क्लब अफ तनहुँ खैरेनीटारका निवर्तमान अध्यक्ष पिताम्बर तिमिल्सिना, शुक्लागन्डकी वडा नम्बर ११ का वडा सदस्य खिमलाल भन्डारी ,गिरिराज थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद सिग्देल लगायतको उपस्थित रहेका थिए।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष पोख्रेलले क्लबले लायन वर्ष २०२२ २३ भर यसरी नै दुरदराजमा रहेका ,सरोकारवालाबाट नजर नपुगेको ठाउँमा लायन्स भन्ने मुल मन्त्रका साथ कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रम बोल्दै प्रमुख अतिथि दाहालले बालबालिकालाई पढाइ प्रति उत्प्रेरित गर्न लायन्स ले सधैं समुदाय सग हातेमालो गर्ने बताए।

More News last news
Loading...