नेपाल टेलिकमकाे अफर : रिचार्ज गर्दा बाेनस डाटा

काठमाडौँ । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरेबापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले बाेनस डाटा उपलब्ध गराउने भएको हो ।

दुई सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा एक दिन प्रयाेग गर्न सकिने एक जीबी डाटा र पाँच सय रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा उपलब्ध हुनेछ।

Advertisement

त्यसैगरी एक हजार रुपैयाँकाे रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बाेनस स्वरूप प्राप्त हुने टेलिकमले जनाएकाे छ।

यो अफर भोलि मङ्गलवार (२०७९ मङ्सिर २०) देखि आउँदाे पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने टेलिकमले जनाएकाे छ।

More News last news
Loading...