काठमाडौँ । आज साताको पहिलो दिन अर्थात् (आइतबार) नेपाली बजारमा सुनको भाउ झन् बढेको छ। आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला ९९,५०० र तेजावी सुन प्रतितोला ९९,००० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९९ हजार १०० र तेजावी सुन ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज, सुनसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चादी तोलाका १ हजार ३४५ रुपैयाँमा करोबार भएको थियो।
विवाहको महिना मंसिर सुरु भएसँगै नेपालमा सुन चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
