स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी हुनु भएकाे छ।
नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी हुनु भएकाे हाे।
गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्नुभएकाे हाे। अर्यालले २५ हजार ८३९ मत ल्याउनु भयाे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत ल्याउनु भएकाे छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
